Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो – पश्चिमी टोकियोको फुस्सा सहरमा बुधबार बिहान एक व्यक्तिले विद्यालय जाँदै गरेका एक विद्यार्थीमाथि हथौडा प्रहार गर्नुका साथै प्रहरीमाथि अज्ञात रसायन छर्किएर फरार भएका छन् । आक्रमणकारी आफ्नै घरमा लुकेर बसेको आशंकामा प्रहरीले घेरा हाले पनि भित्र पस्दा उनी फेला नपरेपछि अहिले सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

प्रहरीका अनुसार घटना बुधबार बिहान ७:२० बजे जेआर फुस्सा स्टेसन नजिकैको एक आवासीय सडकमा भएको हो । करिब ४० वर्षका ती व्यक्तिले एक उच्च मावि तहका विद्यार्थीको टाउकोमा हथौडाले प्रहार गरेका थिए । घटनाको जानकारी पाउने बित्तिकै घटनास्थल पुगेका ६ जना प्रहरी अधिकारीहरूमध्ये तीन जनामाथि ती व्यक्तिले कुनै अज्ञात तरल पदार्थ (रसायन) स्प्रे गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि ती व्यक्ति आफ्नै घरभित्र छिरेर ढोका थुनेर बसेका थिए। प्रहरीले घटनास्थलमा ती व्यक्तिकी आमासँग कुरा गरिरहेका बेला उनले भित्रबाट चक्कु देखाउँदै प्रहरीलाई धम्की दिएका थिए । उनलाई सरकारी काममा बाधा पुर्‍याएको र आक्रमण गरेको आरोपमा पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि रसायन प्रहार गरेका थिए ।

केही समयपछि प्रहरीको विशेष टोली घरभित्र प्रवेश गर्दा ती व्यक्ति त्यहाँ फेला परेनन्। उनी घरको अर्को बाटो प्रयोग गरी फरार भएको आशंका गरिएको छ । हथौडा प्रहारबाट घाइते भएका विद्यार्थी र रसायनको चपेटामा परेका तीन जना प्रहरी अधिकारीहरूलाई तत्काल अस्पताल लगिएको छ । चिकित्सकहरूका अनुसार उनीहरूको चोट गम्भीर छैन र ज्यान जाने खतरामुक्त रहेका छन् ।

प्रहरीले ती व्यक्तिको पहिचान गरिसकेको र खोजीका लागि व्यापक टोली परिचालन गरेको जनाएको छ । स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न र शंकास्पद व्यक्ति देखिएमा तुरुन्त खबर गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया