Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो – जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले कार्यबोझका कारण आफूले पर्याप्त निद्रा नपाएको गुनासो गरेकी छिन् । सत्ता सम्हालेको ६ महिना पुग्नै लाग्दा ६५ वर्षीया प्रधानमन्त्रीले आफ्नो विश्रामको समय व्यवस्थापन गर्न कठिन भइरहेको बताएकी हुन् ।

गत अक्टोबरमा सत्तारुढ दलको चुनाव जितेर जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले पदभार ग्रहण गर्दा ‘काम, काम, काम, काम र काम’ गर्ने प्रतिज्ञा गरेकी थिइन् । सन् २०२५ मा निकै चर्चित बनेको उनको यो नारा अहिले उनकै लागि चुनौतीपूर्ण देखिएको छ ।

बिहीबार आफ्नै कार्यकक्षमा पूर्व वाणिज्य मन्त्री आकिरा आमारीसँगको भेटमा प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘म अब अलि बढी सुत्न चाहन्छु ।’ आमारीका अनुसार प्रधानमन्त्रीले कार्यव्यस्ततासँगै घरायसी जिम्मेवारीले गर्दा निद्रा पुर्‍याउन नसकेको उल्लेख गरिन् ।

यसअघि अप्रिलको सुरुमा एक संसदीय समितिको बैठकमा पनि उनले आफ्नो निद्राको समय ‘निकै कम’ रहेको खुलासा गरेकी थिइन् । ‘म घरायसी काममा बाँधिएकी हुन्छु, र बाँकी समय कार्यालयको काममै बित्छ,’ उनले भनेकी थिइन् । आफ्ना सहयोगी र अंगरक्षकहरूलाई धेरैबेर कुर्नु नपरोस् भनेर उनी कार्यालयको काम घरमै लैजाने प्रयास गर्छिन् ।

प्रधानमन्त्री निवासको कडा सुरक्षा र प्रोटोकलका कारण उनको जीवनशैलीमा अन्य कठिनाइहरू पनि थपिएका छन्। गत फेब्रुअरीमा उनले आफ्नो खानपानबारे भनेकी थिइन्, ‘मलाई प्रधानमन्त्री निवासबाट बाहिर सपिङ जान वा बाहिरको खाना अर्डर गर्न अनुमति छैन। यदि घरमा राखेको फ्रोजन खाना सकियो भने मेरो लागि खानेकुराको विकल्प नै सकिन्छ ।’

तपाईको प्रतिक्रिया