Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो – उत्तर-पूर्वी जापानको इवाते प्रान्तमा लागेको भिषण डढेलो नियन्त्रण बाहिर जाँदै गर्दा एउटा प्रमुख बस्ती (टाउन सेन्टर) तर्फ सोझिएको छ । डढेलोले उग्र रूप लिएपछि स्थानीय प्रशासनले ओत्सुची टाउनका २५ सयभन्दा बढी बासिन्दालाई तत्काल घर छोडेर सुरक्षित स्थानमा जान (इभ्याकुएसन अर्डर) आदेश दिएको छ। यो सङ्ख्या उक्त नगरपालिकाको कुल जनसङ्ख्याको करिब एक चौथाइ हो ।

गत बुधबार दिउँसो २ बजेतिर ओत्सुची टाउनको मुख्य बजारभन्दा करिब ८ किलोमिटर उत्तर-पश्चिममा पर्ने पहाडी भेगबाट आगो सुरु भएको थियो । त्यसको साढे दुई घण्टापछि अर्को स्थानमा पनि आगो सल्किएको थियो । बिहीबार रातिसम्मको तथ्यांक अनुसार डढेलोले हालसम्म ४३१ हेक्टर वन क्षेत्र सखाप पारिसकेको छ ।

आगोको चपेटामा परेर हालसम्म एउटा घरसहित सातवटा भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् । प्रभावित क्षेत्रका सबै नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार बिहानसम्म ३२९ जना स्थानीयले सार्वजनिक आश्रयस्थलमा शरण लिइरहेका छन् ।

अग्नि नियन्त्रकहरूले हेलिकप्टर र जमिन दुवै माध्यमबाट आगो निभाउने प्रयास गरिरहेका छ न्। तर, नियन्त्रण कार्यमा पानीको चरम अभाव देखिएको छ । स्थानीय ‘फायर हाइड्रन्ट’ र ट्याङ्कीहरूमा पानी सुकेपछि अग्नि नियन्त्रकहरूले कोदालो र कुटोको प्रयोग गरेर आगो फैलिन नदिन रेखा (फायर लाइन) खनिरहेका छन् ।

चिबा विश्वविद्यालयका सह-प्राध्यापक एवं डढेलो विशेषज्ञ तोगे योशियाका अनुसार सार्वजनिक भिडियोहरूमा आगो रुखको भुइँबाट टुप्पोसम्म पुगेको (क्राउन फायर) देखिएको छ । उनले चेतावनी दिँदै भनेका छन्, ‘जब आगो रुखको टुप्पोमा पुग्छ, हावाले त्यसका झिल्काहरूलाई निकै टाढासम्म पुर्‍याउँछ, जसले गर्दा डढेलो छिटो फैलिने र अन्यत्र पनि ‘जम्प’ गर्ने खतरा रहन्छ ।’

अग्नि नियन्त्रकहरूले रातभर बस्ती नजिकै आगो आउन नदिन कडा पहरा दिएका थिए । शुक्रबार बिहानैदेखि पुनः हेलिकप्टरमार्फत आकाशबाट पानी खसाली आगो निभाउने कार्यलाई तीव्रता दिइएको छ ।

तपाईको प्रतिक्रिया