Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण जापानको फस्टाउँदो पर्यटन उद्योग प्रभावित हुन थालेको छ । मार्च महिनामा कीर्तिमानी सङ्ख्यामा विदेशी पर्यटक भित्रिए पनि युद्धका कारण उत्पन्न अनिश्चितताले विशेष गरी युरोपेली पर्यटकहरूले आफ्नो भ्रमण धमाधम रद्द गर्न थालेका छन् ।

इरानसँगको युद्ध र हर्मुज जलसन्धि (Strait of Hormuz) बन्द भएका कारण मध्यपूर्व हुँदै जापान आउने उडानहरू अवरुद्ध भएका छन् । इन्धनको मूल्य वृद्धि र वैकल्पिक लामो मार्ग प्रयोग गर्नुपर्दा हवाई भाडा आकाशिएको छ । यसले गर्दा युरोप र जापानबीचको यात्रा खर्चिलो बनेपछि पर्यटकहरूले बुकिङ रद्द गरिरहेका छन् ।

जापानको प्रसिद्ध पर्यटकीय क्षेत्र हिदा-ताकायामा (गिफु प्रिफेक्चर) मा मात्रै हालसम्म करिब ४ हजार होटल बुकिङ रद्द भइसकेका छन् । युनेस्को विश्व सम्पदा सूचीमा रहेको ‘सिराकावा–गो’ गाउँ नजिकैको यस क्षेत्रमा युरोपेली पर्यटकको ठुलो आकर्षण थियो । स्थानीय पर्यटन व्यवसायीका अनुसार एसियाली पर्यटकको तुलनामा युरोपेलीहरू लामो समय (२ देखि ३ रात) बस्ने भएकाले उनीहरूको अभावमा आम्दानीमा ठुलो धक्का लाग्ने देखिएको छ ।

जापानमा आउने पर्यटकमध्ये ठुलो हिस्सा एसियाली मुलुकको छ । तर, पछिल्लो समय द्विपक्षीय राजनीतिक तनावका कारण चीनबाट आउने पर्यटकको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएको छ । हाल जापानमा दक्षिण कोरियाली पर्यटकहरूको सङ्ख्या सबैभन्दा बढी छ ।

पर्यटन विज्ञ साकी इवाताका अनुसार, युरोप र मध्यपूर्वबाट हुने लामो दुरीका उडान प्रभावित भए पनि अमेरिकी पर्यटकहरूका लागि जापान वैकल्पिक गन्तव्य बन्न सक्ने सम्भावना छ । यद्यपि, युद्ध लम्बिएमा र हवाई भाडा अझै बढेमा समग्र ‘इनबाउन्ड पर्यटन’ खर्चमा ठुलो गिरावट आउने त्रास विज्ञहरूले व्यक्त गरेका छन् । जापानी पर्यटन निकायहरूले अब युरोपको सट्टा अन्य क्षेत्रका पर्यटक लोभ्याउन नयाँ रणनीति बनाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया