Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धर २ ले रिलिजको छैटौँ दिनसम्म विश्वभर ९१९ करोड भारुको व्यापार गरेर ऐतिहासिक कीर्तिमान बनाएको छ।

ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार भारतमै यसले ५७५.६७ करोड भारुको नेट कमाई गरिसकेको छ। ९०० करोड छिटो कमाउने मामलामा यो फिल्म अल्लु अर्जुनको पुष्पा २ को रेकर्डसँग बराबरीमा छ। हिन्दी भर्सन मात्र छैटौँ दिन ५२ करोडको व्यापार गरेको छ भने तेलुगु, तामिल र मलयालम भाषामा पनि राम्रो प्रदर्शन भएको छ।

धुरन्धर २ ले आमिर खानको सेक्रेट सुपरस्टार (९१२.७५ करोड) र रणवीर कपूरको एनिमल (९१५ करोड) को कुल कमाईलाई पछि पार्दै ब्लकबस्टर फिल्महरू उछिनेको छ।

यसअघि रिलिज भएको धुरन्धर १ ले विश्वभर १३०७ करोड कमाइसकेको थियो र भारतमा ८४० करोड नेट कमाई गरेर हिन्दी भाषाकै सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। अहिलेको गति हेर्दा धुरन्धर २ छिट्टै १ हजार करोड क्लबमा पुग्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया