काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको विनिमय दर १५०.६७ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
बुधबारका लागि भने राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर १५०.४९ रुपैयाँ तोकेको छ । यसअघि १० मार्च २०२६ मा यस्तो विनिमय दर १४८.०३ रुपैयाँ पुगेको थियो । त्यसयता केही दिन डलरको भाउ १४७ हाराहारीमा थियो । तर, केही दिनयता निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाएको हो ।








