Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै संसदको नयाँ समीकरण स्पष्ट भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार कुल १ करोड ७ लाख ३९ हजार ११५ सदर मतका आधारमा ११० समानुपातिक सिटको बाँडफाँट टुङ्गिएको हो ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित सफलता हासिल गर्दै समानुपातिकतर्फ ५७ सिट सुरक्षित गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने ६ वटा दल मात्र सिट बाँडफाँटको प्रक्रियामा सहभागी हुन पाएका छन् । जसपा, जनमत लगायतका अन्य साना दलहरूले न्यूनतम सीमा पार गर्न नसक्दा उनीहरू समानुपातिक प्रतिनिधित्वबाट वञ्चित भएका छन् ।

कसरी भयो सिट बाँडफाँट?
थ्रेसहोल्ड कटाउने ६ दलको कुल मत ९८ लाख ५१ हजार ५६६ लाई आधार मान्दा एउटा सिटका लागि करिब ८९ हजार ५६० मत आवश्यक देखिएको छ । पहिलो चरणमा प्राप्त मतका आधारमा १०७ सिट बाँडफाँट गरिएको थियो । बाँकी ३ सिट भने बढी शेष मत (Remainder) रहेका नेकपा, राप्रपा र नेपाली कांग्रेसको पोल्टामा पुगेको छ ।

अन्तिम परिणाम अनुसार समानुपातिकतर्फ रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट प्राप्त गरेका छन् ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजालाई जोड्दा २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्नेमा रास्वपालाई अब मात्र २ सिटको अभाव देखिएको छ ।

अन्य दलहरूको कुल अवस्था यस्तो छ:-

  • नेपाली कांग्रेस: ३८ सिट
  • नेकपा एमाले: २५ सिट
  • नेकपा: १७ सिट
  • श्रम संस्कृति पार्टी: ७ सिट
  • राप्रपा: ५ सिट

तपाईको प्रतिक्रिया