काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर-२ को निर्वाचनमा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले जिल्ला निर्वाचन कार्यालय, चितवनमा उपस्थित भई निर्वाचनका क्रममा भएको खर्चको आधिकारिक तथ्यांक पेश गरेका हुन् ।
लामिछानेले पेश गरेको विवरण अनुसार उक्त निर्वाचन अवधिभर उनको कुल खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ भएको छ । निर्वाचन आयोगले तोकेको सीमाभित्रै रहेर उनले आफ्नो चुनावी गतिविधि सञ्चालन गरेको विवरणमा उल्लेख छ ।
निर्वाचन सम्पन्न भएको निश्चित समयभित्रै उम्मेदवारले चुनावी खर्चको विवरण बुझाउनुपर्ने कानुनी प्रावधान बमोजिम उनले सो विवरण पेश गरेका हुन् । रास्वपा सभापति लामिछानेले पारदर्शीतालाई जोड दिँदै आफ्नो चुनावी अभियान मितव्ययी भएको दाबी समेत गर्दै आएका छन् ।








