Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – इस्ट जापान रेलवे कम्पनी (जेआर इस्ट) ले भूकम्पको समयमा बुलेट ट्रेन (सिन्कानसेन) लिकबाट बाहिरिने जोखिम कम गर्न विशेष ‘एन्टी-क्वेक’ यन्त्र विकास गरेको छ । स्वदेशमै विकसित यस्तो प्रविधि जापानमा पहिलो पटक निर्माण गरिएको हो ।

‘ड्याम्पर’ नाम दिइएको यो नयाँ ‘शक एब्जर्बर’ ले भूकम्पका बेला रेललाई दायाँ-बायाँ धेरै ढल्किनबाट रोक्छ र सन्तुलन कायम राख्छ । कम्पनीका अनुसार यो प्रविधि सन् २०२७ को अन्त्यदेखि सन् २०३२ सम्ममा सबै बुलेट ट्रेनहरूमा जडान गरिनेछ ।

सन् २००४ मा निगाता प्रान्तमा गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण पहिलो पटक व्यापारिक सञ्चालनमा रहेको बुलेट ट्रेन लिकबाट बाहिरिएको थियो । सोही दुर्घटनाबाट पाठ सिक्दै जेआर इस्टले रेल्वे प्राविधिक अनुसन्धान संस्थानसँग मिलेर विगत केही वर्षदेखि यो प्रविधिमा काम गरिरहेको थियो ।

नयाँ उपकरणले शक्तिशाली भूकम्पका बेला रेल लिकबाट बाहिरिने सम्भावनालाई ५० प्रतिशतसम्म कम गर्ने दाबी गरिएको छ । यस ड्याम्परको मुख्य अक्षलाई पुरानोको तुलनामा थप मजबुत र बाक्लो बनाइएको छ, जसले गर्दा यसले भूकम्पको तीव्र कम्पनलाई सजिलै सोस्न सक्छ ।

साधारण ड्याम्परहरूले यात्रालाई आरामदायी बनाउन मद्दत गरे पनि शक्तिशाली भूकम्पको धक्का धान्न नसक्ने हुनाले यो नयाँ सुरक्षा प्रणाली विकास गरिएको कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया