Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार भारत प्रस्थान गर्ने भएका छन्। नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेका हुन्। उनको सचिवालयका अनुसार नयाँदिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा उक्त समिट आयोजना हुँदैछ। सो कार्यक्रममा भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुनेछन्।

आयोजकका अनुसार समिटमा विश्वका विभिन्न देशका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा छलफल हुने कार्यक्रम छ। समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहने बताइएको छ। विभिन्न देशका सांसद, विज्ञ तथा युवा प्रतिनिधिहरूको सहभागितासहित यस सम्मेलनलाई समसामयिक विश्वका मुद्दामाथि बहस र सहकार्य गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

कार्यक्रमअन्तर्गत भट्टराईले मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ एआई: डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रमा सम्बोधन गर्नेछन्। सोही दिन उनी स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया