समाचार सुन्नुहोस :
काठमाडौँ – पाकिस्तानले नेपालमा सफलतापूर्वक सम्पन्न भएको आमनिर्वाचनमा नेपाली जनता र सरकारलाई बधाई दिएको छ। काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गरेका छन्।
उनले नेपालसँगको मित्रपूर्ण सम्बन्धलाई उच्च महत्व दिने बताए र दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
उपप्रधानमन्त्री दरले नयाँ नेपाली सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने र क्षेत्रीय शान्ति तथा समृद्धि प्रवर्द्धनका लागि मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।








