Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित सबै प्रक्रिया चैतको पहिलो साताभित्र पूरा हुने जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो अवधिसम्म समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्ने कामसमेत सम्पन्न गरिनेछ। उनले मंगलबारसम्म समानुपातिकतर्फको मतगणना देशभर सकिने अनुमान आयोगले गरेको जानकारी दिए।

मतगणना सकिएपछि कुल सदर मतको प्रतिशतका आधारमा दलहरूले पाएको मतको हिस्सा निर्धारण गरिनेछ। त्यसपछि सम्बन्धित राजनीतिक दलसँग उनीहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट छनोट हुने उम्मेदवारहरूको नाम आयोगले माग गर्नेछ। दलहरूले पठाएको नामावलीलाई समावेशी ‘क्लस्टर’ अनुसार मिलान गरी अन्तिम रूपमा निर्वाचित सदस्यको सूची तय गरिने र त्यसपछि आयोगले उनीहरूलाई प्रमाणपत्र प्रदान गर्ने प्रवक्ता भट्टराईले बताए।

यसअघि प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारहरूलाई भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट नै प्रमाणपत्र दिइसकिएको आयोगले जनाएको छ। हालसम्मको मतपरिणामअनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।

 
 

तपाईको प्रतिक्रिया