Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको सत्तारुढ गठबन्धनले रक्षा उपकरण निर्यातसम्बन्धी कडा नियमहरू खुकुलो बनाउँदै घातक हतियारहरूको निर्यात खुला गर्न सरकारलाई प्रस्ताव गरेको छ । लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले शुक्रबार प्रधानमन्त्री सानाय ताकाइचीलाई बुझाएको प्रस्तावमा लडाकु विमान र युद्धपोतजस्ता हतियारहरू पनि निर्यात गर्न सकिने गरी नीतिगत परिवर्तन गर्न माग गरिएको छ ।

हालको व्यवस्थाअनुसार जापानले उद्धार, ढुवानी, निगरानी र सुरक्षासँग सम्बन्धित पाँचवटा गैर-सैनिक प्रयोजनका लागि मात्र रक्षा सामग्री पठाउन पाउने प्रावधान छ । नयाँ प्रस्तावमा यी पाँच श्रेणीको सीमा हटाएर रक्षा सामग्रीलाई ‘हतियार’ र ‘गैर-हतियार’ मा वर्गीकरण गर्न सुझाव दिइएको छ । यसअनुसार बुलेटप्रुफ ज्याकेटजस्ता गैर-सैनिक सामग्रीको निर्यातमा कुनै प्रतिबन्ध रहने छैन भने हतियार निर्यातका लागि रक्षा सम्झौता भएका देशहरूलाई प्राथमिकता दिइनेछ ।

गठबन्धनले जापानको राष्ट्रिय सुरक्षाका लागि आवश्यक परेको खण्डमा विशेष परिस्थितिमा युद्धरत मुलुकहरूलाई समेत हतियार उपलब्ध गराउन सकिने बाटो खुला राख्न प्रस्ताव गरेको छ । रुसी आक्रमण झेलिरहेको युक्रेनले जापानसँग हवाई रक्षा मिसाइलको माग गरिरहेका बेला यो प्रस्तावलाई महत्त्वका साथ हेरिएको छ । सरकारले आगामी वसन्त ऋतुसम्ममा रक्षा उपकरण हस्तान्तरणसम्बन्धी निर्देशिका परिमार्जन गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया