Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापान सरकारले आफ्नो मुलुकको अर्थतन्त्र मध्यम गतिमा सुधार भइरहेको बताएको छ । सार्वजनिक गरिएको फेब्रुअरी महिनाको आर्थिक प्रतिवेदनमा सरकारले ११ महिनापछि पहिलोपटक ‘संस्थागत नाफा’को मूल्यांकनमा सुधार गर्दै पहिलेभन्दा सकारात्मक रहेको उल्लेख गरेको छ ।

मन्त्रिपरिषद् कार्यालयद्वारा जारी मासिक प्रतिवेदनका अनुसार, अमेरिकी व्यापार नीतिको प्रभाव अर्थतन्त्रमा अझै कायमै रहे पनि समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । अघिल्लो महिनाको प्रतिवेदनमा अटोमोबाइल क्षेत्रमा परेको असरबारे विशेष चर्चा गरिएको भए पनि यसपटक भने त्यसलाई उल्लेख गरिएको छैन ।

मन्त्रिपरिषद्का एक अधिकारीका अनुसार, अमेरिकातर्फ हुने निर्यातमा सुधार देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च भन्सार दरका कारण कार निर्यातमा जुन गिरावट देखिएको थियो, त्यो अहिले स्थिर हुन थालेको र तल्लो बिन्दुमा पुगेर सुधारिन थालेको ती अधिकारीले बताए ।

विशेषगरी उत्पादनमूलक क्षेत्रका कम्पनीहरूले डिसेम्बरमा समाप्त भएको त्रैमासिकमा राम्रो सञ्चालन मुनाफा आर्जन गरेपछि सरकारले संस्थागत नाफाको मूल्यांकन बढाएको हो । अमेरिकी सर्वोच्च अदालतले ‘पारस्परिक भन्सार’लाई असंवैधानिक ठहर गरेसँगै ट्रम्प प्रशासनले चाल्न सक्ने नयाँ कदमले जापानको अटोमोबाइल क्षेत्रमा ठूलो असर नपर्ने सरकारी अनुमान छ ।

यसैगरी, सरकारले सन् २०२४ नोभेम्बरपछि पहिलोपटक उपभोक्ता मूल्यको मूल्यांकनमा पनि परिवर्तन गरेको छ । यसअघि मूल्य वृद्धि ‘बढ्दो’ क्रममा रहेको बताइएकोमा अहिले यसको गति ‘मध्यम’ भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारी तथ्याङ्क अनुसार, गत डिसेम्बरमा पेट्रोलमा लगाइएको अस्थायी कर खारेज हुनुका साथै चामल र खाद्यान्नको मूल्यमा आएको गिरावटले जनवरीमा उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको तुलनामा २.० प्रतिशतले मात्र बढेको छ । यो वृद्धि दर विगत दुई वर्षयताकै न्यून हो ।

यसबाहेक, सरकारले व्यक्तिगत उपभोग र पूँजी लगानीका क्षेत्रमा पनि सुधारका स्पष्ट संकेतहरू देखिएको भन्दै आफ्नो पुरानो सकारात्मक दृष्टिकोणलाई निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया