Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको एक चिडियाखानामा रहेको ‘पन्च’ नामको शिशु बाँदर यतिबेला इन्टरनेटमा चर्चाको विषय बनेको छ । तर, आफ्नै आमाबाट तिरस्कृत भएर एउटा खेलौनाको सहारामा बाँचिरहेको यस बाँदरको अवस्थाले चिडियाखानाको क्रुरतालाई उजागर गरेको भन्दै पशु अधिकारवादीहरूले चर्को आलोचना गरेका छन् ।

टोकियो नजिकैको इचिकावा सिटी चिडियाखानामा रहेको यो ‘मकाक’ प्रजातिको शिशु बाँदरलाई अन्य बाँदरहरूले दुःख दिएपछि यसले सुरक्षाका लागि ‘आइकिया’ कम्पनीको ओराङ्गुटान खेलौनालाई अँगालो हाल्ने गरेको छ । सोही तस्बिर भाइरल भएपछि अधिकारवादी संस्था ‘पेटा’ले आपत्ति जनाएको हो ।

पेटाका एसिया निर्देशक जेसन बेकरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चिडियाखानाहरू जनावरका लागि आश्रयस्थल होइनन्, बरु उनीहरूलाई बन्धक बनाउने र प्राकृतिक सामाजिक जीवनबाट वञ्चित गर्ने ठाउँ हुन् । जसलाई मानिसहरूले ‘क्युट’ भनिरहेका छन्, त्यो वास्तवमा एउटा सामाजिक प्राणीले भोगिहेको मानसिक आघात र एक्लोपनको पराकाष्ठा हो ।’

पेटाले पन्चलाई चिडियाखानाबाट हटाएर कुनै प्राकृतिक निकुञ्ज वा उचित संरक्षण केन्द्रमा लैजान माग गरेको छ । पन्चको लोकप्रियताका कारण उसले समात्ने ओराङ्गुटान खेलौनाको माग जापान र अमेरिकालगायतका देशमा ह्वात्तै बढेको छ । उत्पादक कम्पनी आइकियाका अनुसार यो खेलौना अहिले कतिपय बजारमा ‘आउट अफ स्टक’ भइसकेको छ ।

चिडियाखानामा पन्चलाई हेर्न दर्शकहरूको ठूलो भीड लाग्ने गरेको छ । गत सोमबार मात्र ५ हजारभन्दा बढी मानिसले चिडियाखाना भ्रमण गरेका थिए । भीडका कारण बाँदरलाई तनाव नहोस् भनेर प्रशासनले ‘रेस्ट्रिक्टेड जोन’ बनाएको छ । पछिल्लो समय पन्च विस्तारै अन्य बाँदरहरूसँग घुलमिल हुन थालेको चिडियाखानाले जनाएको छ ।

तपाईको प्रतिक्रिया