Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापान सरकारले फोहोर व्यवस्थापन र कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यका साथ सन् २०३० सम्ममा पुराना सामान (सेकेन्ड ह्यान्ड) को बजारलाई ३२ प्रतिशतले विस्तार गर्ने लक्ष्य राखेको छ ।

सरकारी स्रोतका अनुसार, सन् २०२४ को तुलनामा ३२ प्रतिशतले वृद्धि गरी यो बजारलाई ४.६ ट्रिलियन येन (करिब २९.७ अर्ब डलर) पुर्‍याउने योजना बनाइएको छ । हालका वर्षहरूमा यस क्षेत्रमा मात्र १ प्रतिशतको वार्षिक वृद्धि देखिएकाले, सरकारको यो लक्ष्य निकै महत्वाकांक्षी मानिएको छ ।

वातावरण मन्त्रालयले आगामी मार्च महिनाभित्र यससम्बन्धी विशेष कार्ययोजना (रोडम्याप) सार्वजनिक गर्ने तयारी गरेको छ । अनलाइन एपहरू मार्फत हुने खरिदबिक्रीमा गुणस्तरको गुनासो बढेपछि सरकारले सन् २०२७ सम्ममा व्यवसायीहरूका लागि नयाँ निर्देशिका जारी गर्नेछ । यसअन्तर्गत राम्रो सेवा दिने बिक्रेता र एप सञ्चालकहरूको मूल्यांकन गर्ने प्रणाली समेत विकास गरिनेछ ।

सरकारले वृद्धवृद्धाहरूलाई घरका अनावश्यक सामान व्यवस्थापन गर्न र ती सामानलाई पुनः प्रयोगको बजारमा ल्याउन विशेष सहयोग गर्ने योजना बनाएको छ । साथै, स्थानीय निकायहरूलाई समेत पुराना सामानको खरिद र प्रयोगमा प्रोत्साहन गरिनेछ ।

नयाँ सामानको उत्पादनमा हुने ऊर्जा खपत र फोहोर घटाउन जापानले यो कदम चालेको हो । विशेष गरी घर सफा गर्ने र कोठा सर्ने सिजनहरूमा पुराना सामानको खरिदबिक्रीलाई प्रवर्द्धन गर्न राष्ट्रव्यापी अभियानहरू समेत सञ्चालन गरिने समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया