Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन्। उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन्। विवाह समारोह झम्सिखेलस्थित न्यु प्लाजामा जारी रहेको छ, जहाँ दुवै पक्षका परिवारजन, आफन्त र नजिकका साथीभाइ उपस्थित छन्।

यसअघि उनीहरूले गत वैशाखमै काठमाडौं जिल्ला अदालतमा कानुनी रूपमा विवाह गरेका थिए। न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनीहरूको अदालत विवाह सम्पन्न भएको थियो। याञ्चित राणा पेशाले एरोस्पेस इन्जिनियर हुन्। नीति र याञ्चित करिब दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा थिए।

‘Miss Nepal International 2017’ को उपाधि विजेता नीतिले नेपाली फिल्म क्षेत्रमा ‘खजुरे ब्रो’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले ‘ज्वाइँ साब’ र ‘नरसिंहा अवतार’ लगायतका चलचित्रमा काम गरिसकेकी छन्। नीति र याञ्चितको रिसेप्सन कार्यक्रम शनिबारका लागि तय गरिएको छ।

तपाईको प्रतिक्रिया