Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो — जापानी अटो निर्माता निसान मोटर कम्पनीले पछिल्लो त्रैमासिकमा आफ्नो घाटा अघिल्लो वर्षको तुलनामा अझ बढेको जनाएको छ। पुनर्संरचना (रिस्ट्रक्चरिङ) सम्बन्धी खर्चले नाफामा ठूलो दबाब परेको कम्पनीले जनाएको हो।

योकोहामा मुख्यालय रहेको निसानले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार अक्टोबर–डिसेम्बर त्रैमासिकमा २८.३ अर्ब येन (करिब १८५ मिलियन डलर) घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको घाटा १४ अर्ब येन थियो।

कम्पनीको त्रैमासिक बिक्री पनि ६ प्रतिशतले घटेर झण्डै ३ खर्ब येन (१९.६ अर्ब डलर) पुगेको छ, जुन अघिल्लो वर्ष ३.२ खर्ब येन थियो।

निसानका प्रमुख कार्यकारी अधिकृत इभान एस्पिनोसाले पुनर्संरचना गर्दा लागत बढ्नु स्वाभाविक रहेको स्वीकार्दै भने, “दुर्भाग्यवश, पुनर्संरचना गर्दा खर्च लाग्छ, र यो अपेक्षित नै हो।”

उनले कम्पनी सुधारको सही दिशामा रहेको दाबी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भन्सार शुल्क (ट्यारिफ) लगायतका कारण बजारमा दबाब रहेको बताए।

लीफ विद्युतीय कार र इन्फिनिटी लक्जरी मोडेल उत्पादन गर्ने निसानले आर्थिक वर्ष २०२६ को अन्त्यसम्म सञ्चालन नाफा हासिल गर्ने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षका लागि भने कम्पनीले सञ्चालन घाटा हुने अनुमान गरेको छ र मार्चसम्मको वार्षिक नोक्सानी ६५० अर्ब येन (४.२ अर्ब डलर) पुग्ने प्रक्षेपण गरेको छ।

गत वर्षदेखि कम्पनीको नेतृत्व सम्हालिरहेका मेक्सिकन मूलका एस्पिनोसाले घाटामा रहेको कम्पनीलाई पुनःउत्थान गर्ने प्रयास गरिरहेका छन्। त्यसका लागि निसानले कर्मचारी कटौती गर्नुका साथै आफ्नो मुख्यालय भवन बिक्री गरिसकेको छ।

उत्पादन पुनर्संरचनाअन्तर्गत जापानको ओप्पामा स्थित प्रमुख कारखाना बन्द गर्ने योजना पनि कम्पनीले अघि बढाएको छ।

तपाईको प्रतिक्रिया