Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रसिद्ध बलिउड गायक उदित नारायण झा पुनः कानुनी विवादमा तानिएका छन्। उनकी पहिलो पत्नी रञ्जना झाले ३० वर्षअघि भएको घटनालाई लिएर मंगलबार प्रहरीमा उजुरी दिएकी हुन्।

रञ्जनाको आरोप अनुसार उदित नारायण, उनकी दोस्रो पत्नी दीपा र परिवारका अन्य सदस्यको संलग्नतामा आफूलाई अस्पताल लगेर गर्भाशय निकालिएको थियो। यसबारे आफूलाई पहिले जानकारी नदिइएको उनको दाबी छ। उनले आफ्ना वकिल करुणाकान्त झासहित भारतीय प्रहरीसमक्ष उजुरी दर्ता गराएकी बताइएको छ।

उजुरीमा उल्लेख भएअनुसार रञ्जना र उदितबीच सन् १९८४ मा हिन्दु परम्पराअनुसार विवाह भएको थियो। पछि उदित गायन क्षेत्रमा अवसर खोज्दै मुम्बई पुगेका र त्यहीँ दीपासँग दोस्रो विवाह गरेको आरोप लगाइएको छ।

रञ्जनाले सन् २००६ मा मुम्बईस्थित घरमा जाँदा अपमानित गरी निकालिएको र नेपालस्थित घरमा समेत बस्न नदिएको उल्लेख गरेकी छन्। यसअघि उनले वैवाहिक अधिकार पुनर्स्थापनाका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन्। उदितले भने आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै अदालतमा मुद्दा लड्ने बताएका छन्।

तपाईको प्रतिक्रिया