Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – आईसीसी टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वविजेता इंग्ल्यान्डलाई कडा टक्कर दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको रोमाञ्चक भिडन्तमा नेपाल जितको निकै नजिक पुगेर पनि अन्तिम ओभरमा सम्हालिन नसक्दा ४ रनको झिनो अन्तरले पराजित हुन पुग्यो ।

१८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहेकोमा नेपालले मात्र ५ रन जोड्न सक्यो, जसका कारण ऐतिहासिक जित हात पार्ने अवसर टर्न पुग्यो ।

नेपालको इनिङ्स सम्हाल्ने क्रममा कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । २९ बलमा ४४ रन बनाएका दीपेन्द्र साम कुरनको बलमा क्याच आउट भए । सोही क्रममा उनले टी-२० आई क्रिकेटमा २ हजार रनको कोसेढुङ्गा समेत पार गरे । कप्तान रोहितले ३४ बलमा ३९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रनको आक्रामक पारी खेले पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जाकोब बेथेलले ५५ र ह्यारी ब्रुकले ५३ रनको योगदान दिए ।

नेपालका लागि डेब्यू खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । पहिलो पटक विश्वकप खेलिरहेका नन्दन यादव र अनुभवी दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए । नन्दनले इंग्लिस कप्तान जोस बटलर (२६) लाई आउट गर्दै आफ्नो डेब्यू विकेट लिएका थिए । अर्का डेब्यू खेलाडी शेर मल्ल र सन्दीप लामिछानेले १-१ विकेट झारे । यद्यपि, अन्तिम ओभरमा २१ रन खर्चिनु नेपालका लागि महँगो साबित भयो ।

विश्वकपमा उत्कृष्ट सुरुवात गरे पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको नेपालले अब समूह चरणको दोस्रो खेलमा आगामी बुधबार इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया