Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – नेपालको बक्स अफिसमा बलियो व्यापार र दर्शकको मन जित्न सफल चलचित्र ‘आ बाट आमा’ अब जापानमा पनि प्रदर्शन हुने भएको छ । शहीद दिवसको अवसर पारेर नेपालमा प्रदर्शनमा आएको यो चलचित्रले प्राप्त गरेको अभूतपूर्व सफलता र सकारात्मक प्रतिक्रियाका बीच जापानमा रहेका नेपाली दर्शकहरूका लागि फेब्रुअरी २३ तारिख (सोमबार) टोकियोमा विशेष प्रदर्शन (सेकेन्ड शो) हुने तय भएको हो ।

जापानको राष्ट्रिय बिदाको दिन पारेर आयोजना गर्न लागिएको यो शो टोकियोस्थित चर्चित ‘नाकानो जेरो हल’ (Nakano Zero Hall) मा साँझ ६:०० बजेबाट सुरु हुनेछ । ओम शान्ति ओम इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको जापान प्रदर्शनका लागि तयारी तीव्र पारिएको छ । ३,००० येन टिकेट दर राखिएको यस शोका लागि अनलाइनमार्फत टिकट बुक गर्न सकिने व्यवस्था मिलाइएको छ ।

जापानमा रहेका नेपालीहरूले आफ्नै माटोको सुगन्ध र आमाप्रतिको ममता झल्काउने यो मर्मस्पर्शी कथा हेर्न पाउने विश्वास आयोजकले लिएका छन् । थप जानकारीका लागि आयोजक सचिन श्रेष्ठ (090-1816-4767) र ईश्वर श्रेष्ठ (080-3406-5636) लाई सम्पर्क गर्न सकिने पोस्टरमा उल्लेख गरिएको छ ।नेपालमा सुखद व्यापार र बलियो ‘वर्ड अफ माउथ’
घरेलु बक्स अफिसमा औषत ओपनिङ गरेको चलचित्रले बिहीबारसम्म आइपुग्दा आक्रामक व्यापार गरिरहेको छ । बलियो कथावस्तु र कलाकारको जीवन्त अभिनयका कारण फिल्मको अकुपेन्सी दर दिनप्रतिदिन बढ्दो छ । हलबाट निस्कने अधिकांश दर्शकहरू गहभरि आँसु र आमाप्रतिको अगाध सम्मान बोकेर निस्केका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । धेरैले यस चलचित्रलाई ‘यो वर्षकै उत्कृष्ट भावनात्मक फिल्म’ को संज्ञा दिएका छन् ।

द्वन्द्व निर्देशकको रूपमा स्थापित चन्द्र पन्तको निर्देशनमा बनेको यो चलचित्रले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाएको छ । वैदेशिक रोजगारीको पीडा र त्रिकोणात्मक प्रेम कथालाई समेत समेटिएको यस फिल्ममा पल शाहका साथमा नेपाली चलचित्रकी सदाबहार अभिनेत्री विपना थापा, दक्षिण भारतीय (गजनी भिलेन) प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रवीन्द्र झा र रचना गौतमको सशक्त अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया