Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानका डिपार्टमेन्ट स्टोरहरूको व्यापारमा सन् २०२५ मा उल्लेख्य गिरावट आएको छ । विगत पाँच वर्षदेखि निरन्तर वृद्धि भइरहेको व्यापारमा यस वर्ष पहिलो पटक मन्दी देखिएको हो । जापान र चीनबीचको बढ्दो राजनीतिक तनावका कारण चिनियाँ पर्यटकको संख्या घट्दा त्यसको प्रत्यक्ष असर जापानी बजारमा परेको हो ।

जापान डिपार्टमेन्ट स्टोर एशोसिएसनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, गत वर्ष जापानका डिपार्टमेन्ट स्टोरहरूको कुल बिक्री ५.६७५ ट्रिलियन येन (करिब ३६ अर्ब अमेरिकी डलर) मा खुम्चिएको छ । यो अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतको गिरावट हो । विशेषगरी विदेशी पर्यटकहरूले गर्ने ‘ड्युटी-फ्री’ (भन्सार छुट) खरिदमा १२.७ प्रतिशतले कमी आई ३.६ अर्ब डलर कायम भएको छ ।

जापानी प्रधानमन्त्री ताकाइची सानाएले जापानको संसदमा सम्बोधन गर्ने क्रममा ताइवानमा आइपर्न सक्ने सम्भावित संकटबारे विवादास्पद टिप्पणी गरेकी थिइन् । सो टिप्पणीपछि चीन सरकारले गत नोभेम्बरमा आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न ‘ट्राभल एड्भाइजरी’ जारी गरेको थियो ।

यसको असर डिसेम्बर महिनामा स्पष्ट रूपमा देखिएको छ । अघिल्लो वर्षको डिसेम्बरको तुलनामा जापान भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या र डिपार्टमेन्ट स्टोरमा उनीहरूले गर्ने खर्चमा करिब ४० प्रतिशतले गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया