Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विश्व बजारसँग जोड्ने उद्देश्यका साथ ‘इबुकिङ नेपाल’ (ebookingnepal.com) को औपचारिक सुरुवात गरिएको छ । गत मंगलबार काठमाडौँमा आयोजित एक समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पोर्टलको उद्घाटन गरेका हुन् ।

नेपाललाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको यस डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीले सन् २०२५ देखि पूर्ण रूपमा सेवा प्रदान गर्ने प्लेटफर्म तयार गरेकोमा मंगलबार यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो । कार्यक्रममा ई-बुकिङ नेपालका सहसंस्थापक सञ्जय सुवेदीले नेपालको पर्यटन बजारमा विदेशी अनलाइन ट्राभल एजेन्सीको एकाधिकार र त्यसले निम्त्याएको देशलाई आर्थिक नोक्सानीबारे महत्त्वपूर्ण तथ्यांक प्रस्तुत गरे ।

हाल नेपालमा करिब १ लाख ४२ हजार होटलहरू दर्ता रहेका र पर्यटन क्षेत्रले जीडीपीमा ६ देखि ७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थामा बुकिङका लागि विदेशी एपहरूको प्रयोग गर्दा वार्षिक करिब १८ मिलियन डलर (करिब २ अर्ब ३५ करोड रुपैयाँ) कमिसनका रूपमा बाहिरिरहेको अनुमान रहेको उनले बताए । सुवेदीका अनुसार विदेशी प्लेटफर्मको प्रयोगका कारण नेपाल सरकारले वार्षिक ३० देखि ५० करोड रुपैयाँ राजस्वसमेत गुमाइरहेको छ ।एउटै प्लेटफर्मबाट सबै सुविधा
यस प्लेटफर्ममार्फत सेवाग्राहीले होटल, ट्राभल, टुर प्याकेज र अन्य डिजिटल बुकिङ सेवाहरू सहजै प्राप्त गर्न सक्नेछन् । एकीकृत प्रणालीमार्फत पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउनुका साथै राष्ट्रिय राजस्व अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । ‘इबुकिङ नेपाल’ ले नेपाली पर्यटन व्यवसायलाई विश्वव्यापी प्रतिस्पर्धी बनाउन आवश्यक डिजिटल उपकरणहरू समेत उपलब्ध गराउनेछ ।

एआईको प्रयोग र बहुभाषिक सुविधा
अहिलेको अत्याधुनिक प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई कुशलतापूर्वक प्रयोग गरिएको यस प्लेटफर्ममा नेपाली र अङ्ग्रेजी दुवै भाषामा सेवा लिन सकिनेछ । खोजदेखि बुकिङसम्मको प्रक्रियालाई पारदर्शी र संस्कृतिमैत्री बनाउँदै यात्रीहरूलाई मौलिक अनुभव प्रदान गर्ने यसको मुख्य विशेषता रहेको छ ।

होटल व्यवसायी र यात्रीलाई लाभ
होटल व्यवसायी, ट्राभल एजेन्ट र सेवा प्रदायकहरूका लागि यो एउटा भरोसायोग्य ‘इकोसिस्टम’ हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, सेवा विस्तार र साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउने योजना रहेको छ । यात्रीहरूले एप्पल एप स्टोर र गुगल प्ले स्टोरमार्फत यसको मोबाइल एप्लिकेसन डाउनलोड गरी सहज रूपमा सेवा लिन सक्नेछन् । नेपालको मौलिक पर्यटनलाई विश्व बजारमा चिनाउँदै डिजिटल प्रवेशद्वारको रूपमा स्थापित हुने संकल्प ‘इबुकिङ नेपाल’ ले लिएको छ ।

तपाईको प्रतिक्रिया