Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको केही दिन नबित्दै अमेरिकाले भेनेजुएलाको तेल निर्यात रोक्ने कडा रणनीति अख्तियार गरेको छ । यसै क्रममा अमेरिकी सेनाले ‘नर्थ एट्लान्टिक’ र ‘क्यारेबियन’ क्षेत्रबाट दुईवटा तेल ट्याङ्करहरू नियन्त्रणमा लिएको छ ।

अमेरिकी सेनाले बेलायती ‘रोयल नेभी’को सहयोगमा आइसल्यान्ड र स्कटल्यान्डको बीचबाट रुसी झन्डा अङ्कित ‘मरिनेरा’ जहाज नियन्त्रणमा लिएको हो । करिब दुई साताको निरन्तर निगरानीपछि अमेरिकी सैनिकहरू उक्त जहाजमा प्रवेश गरेका थिए । त्यस्तै, ‘अवैध गतिविधि’ गरेको आरोप लगाउँदै क्यारेबियन क्षेत्रबाट ‘एम/टी सोफिया’ नामक अर्को ट्याङ्कर पनि जफत गरिएको छ ।

ह्वाइट हाउसले ती जहाजहरूले ‘स्याडो फ्लीट’का रूपमा झुटो झन्डा प्रयोग गरेको दाबी गरेको छ । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले भेनेजुएलाको तेलमाथिको प्रतिबन्ध विश्वको जुनसुकै कुनामा पनि लागू हुने चेतावनी दिएका छन् ।

विदेशमन्त्री मार्को रुबिओका अनुसार भेनेजुएलाको नेतृत्वले आर्थिक पतनबाट बच्न अमेरिकासँग सहकार्य गरिरहेको छ । उनले भेनेजुएलाको तेल अब अमेरिकी प्रणालीमार्फत बजार भाउमा बिक्री गरिने र त्यसको लाभ त्यहाँका जनतालाई हुने बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकालाई २.८ अर्ब डलर बराबरको ५ करोड ब्यारल तेल उपलब्ध गराउने घोषणा गरेका थिए ।

मस्कोले आफ्नो झन्डा प्रयोग भएको जहाज जफत गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘अन्तर्राष्ट्रिय कानुन विपरित’ भनेको छ । रुसले जहाजमा रहेका आफ्ना नागरिकलाई तत्काल फिर्ता गर्न माग गरेको छ । यता, भेनेजुएलाको तेलको मुख्य खरिदकर्ता चीनले पनि अमेरिकी कदमको निन्दा गर्दै यसले विश्वव्यापी ऊर्जा सुरक्षालाई खतरामा पारेको आरोप लगाएको छ ।

अमेरिकाभित्रै पनि यो कारबाहीलाई लिएर बहस सुरु भएको छ । सिनेटका ‘मेजोरिटी लिडर’ चक शुमरले सैन्य संलग्नताको खर्च र योजनाबारे प्रश्न उठाएका छन् । राष्ट्रपतिको युद्ध अधिकार (वार पावर्स) सीमित गर्ने प्रस्तावमाथि अमेरिकी सिनेटमा अर्को साता मतदान हुने सम्भावना रहेको छ ।

 

तपाईको प्रतिक्रिया