Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ। आयोगले यो आचारसंहिता राय–सुझावका लागि सार्वजनिक गरेको हो।नयाँ व्यवस्थाअनुसार निर्वाचनसम्बन्धी सबै आम्दानी र खर्च बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ। साथै, खर्चका सबै बिल र भरपाई सुरक्षित राख्नुपर्नेछ। निर्वाचन खर्चको स्रोत पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।

आचारसंहितामा राजनीतिक दल र उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा खर्च हुने अनुमानित रकम र त्यसको स्रोत खुलाउनुपर्ने उल्लेख छ। उम्मेद्वारले खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सोही खाताबाट मात्र खर्च गर्न पाउनेछन्। खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी, उनको विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ। राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि छुट्टै खाता खोल्नुपर्नेछ। २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंकमार्फत मात्र लिनुपर्ने व्यवस्था गरिएको छ। नगद सहयोग लिएमा रसिद दिई बैंकमा जम्मा गर्नुपर्नेछ।

निर्वाचनपछि खर्चको विवरण सार्वजनिक गरी प्रचलित कानुनले तोकेको समयभित्र आयोग वा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया