Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ। ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा बसेको केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो।

एक नेताका अनुसार वरिष्ठ उपाध्यक्ष पद नराखी एमालेले पदाधिकारीको संख्या बढाएर १९ सदस्यीय बनाएको छ। यसअघि गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गरेको थियो। तर, अहिले पदाधिकारी बन्न चाहने नेताहरूको संख्या धेरै भएपछि अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या पुनः बढाएर १९ पुर्‍याउने निर्णय गरेका हुन्।

नयाँ विधानअनुसार अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ रहनेछन्। यससँगै २५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन हुने व्यवस्था छ। साथै, प्रदेश कमिटीका अध्यक्षहरू पदेन केन्द्रीय सदस्य रहनेछन्।

 

 

तपाईको प्रतिक्रिया