Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानका माध्यमिक तह (हाइस्कुल) का विद्यार्थीहरूमा रुघाखोकी तथा दुखाइ कम गर्ने औषधिहरू (ओभर-द-काउन्टर ड्रग्स) को दुरुपयोग चिन्ताजनक रूपमा देखिएको छ । हालै सार्वजनिक भएको एक सरकारी सर्वेक्षण अनुसार, औषधि दुरुपयोग गर्ने विद्यार्थीमध्ये करिब १० प्रतिशतले हप्तामा धेरै पटक वा दैनिक रूपमा यसको सेवन गर्ने गरेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीले गरेको सन् २०२४ को सर्वेक्षण अनुसार, कुल विद्यार्थीमध्ये १.४ प्रतिशत (करिब ७० जनामा १ जना) ले यस्ता औषधिको दुरुपयोग गरेको पाइएको छ । तथ्याङ्क अनुसार छात्रहरूको तुलनामा छात्राहरूमा यो समस्या बढी देखिएको छ । छात्रहरूमा दुरुपयोग दर ०.९ प्रतिशत छ भने छात्राहरूमा १.७ प्रतिशत रहेको छ ।

सन् २०२४ को सेप्टेम्बरदेखि फेब्रुअरीसम्म ५१ हजार विद्यार्थीमा गरिएको सर्वेक्षणमा ‘मुड फ्रेस’ गर्न वा नशाका लागि तोकिएको मात्राभन्दा बढी औषधि सेवन गर्ने गरिएको पाइएको छ । दुरुपयोग गर्नेहरूमध्ये ४.६ प्रतिशतले हरेक दिन र ६.३ प्रतिशतले हप्तामा धेरै पटक औषधि सेवन गर्छन् । राष्ट्रिय न्युरोलोजी तथा मनोचिकित्सा केन्द्रका अनुसन्धाता ताकुया सिमानेले दैनिक औषधि दुरुपयोग गर्ने विद्यार्थीहरूलाई तत्काल उपचार र सहयोगको आवश्यकता पर्न सक्ने बताएका छन् ।

विद्यार्थीहरूले ५४.१ प्रतिशत औषधि फार्मेसीबाट र २५.६ प्रतिशत घरबाटै प्राप्त गर्ने गरेको बताएका छन् । अनुसन्धाता सिमानेले अभिभावकहरूलाई घरमा राखिएका औषधिहरूको नियमित जाँच गर्न सुझाव दिएका छन् । सर्वेक्षणले यो समस्या टोकियो वा ओसाकाजस्ता ठूला सहरमा मात्र सीमित नभई देशभर व्याप्त रहेको देखाएको छ । विशेषगरी मानसिक तनाव, एक्लोपन र दैनिक जीवनका समस्याहरूले गर्दा विद्यार्थीहरू यस प्रकारको कुलतमा फस्ने गरेको विज्ञहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया