Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको मौसम विज्ञान एजेन्सीले उत्तरी जापानको प्रशान्त तटीय क्षेत्रका लागि जारी गरेको सुनामीको चेतावनी हटाएको छ । शुक्रबार बिहान सो क्षेत्रमा शक्तिशाली भूकम्प गएलगत्तै एजेन्सीले सुनामीको चेतावनी जारी गरेको थियो ।

स्थानीय समयअनुसार बिहान ११:४४ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७ किलोमिटर तल रहेको बताइएको छ । भूकम्पको धक्कासँगै होक्काइडो र आओमोरी प्रिफेक्चरका केही भागमा २० सेन्टिमिटरसम्म अग्लो सुनामीका छालहरू महसुस गरिएका थिए । होक्काइडो र तोहोकु क्षेत्रका अधिकांश स्थानमा जापानी मापनअनुसार ४ म्याग्निच्युडको कम्पन महसुस गरिएको थियो ।

गत सोमबार सोही क्षेत्रमा शक्तिशाली कम्पन महसुस गरिएको केही दिनपछि नै शुक्रबार पुनः अर्को भूकम्प गएको हो । लगातारका कम्पनपछि मौसम विज्ञान एजेन्सीले सम्भावित ‘मेगा क्वेक’ (महाभूकम्प) को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीमा जुट्न र सर्तक रहन नागरिकहरूलाई आग्रह जारी राखेको छ ।

भूकम्पपछि तोहोकु इलेक्ट्रिक पावर कम्पनीले आओमोरीस्थित हिगासिदोरी आणविक प्लान्ट (परमाणु संयन्त्र) र मियागीस्थित ओनागावा प्लान्टमा कुनै किसिमको असामान्यता वा क्षति नदेखिएको जनाएको छ । त्यस्तै, टोकियो इलेक्ट्रिक पावर कम्पनीले पनि फुकुसिमा दाइची र दाइनी परमाणु संयन्त्रहरूमा कुनै समस्या नभएको पुष्टि गरेको छ । दुवै कम्पनीका अनुसार संयन्त्र वरपर रहेका अनुगमन पोस्टहरूमा विकिरणको स्तरमा कुनै परिवर्तन देखिएको छैन ।

 

तपाईको प्रतिक्रिया