Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू अमेरिका भागेको समाचार गलत भएको बताएका छन्। फेसबुकमा ‘बकपत्र’ नामक लामो स्टाटस लेख्दै उनले दुई वर्षअघि नै ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ लिएको र अहिले छोरीको उपचारका लागि अमेरिका आएको स्पष्ट गरेका छन्।

धुर्मुसका अनुसार नेपालमा कामको सुरक्षित वातावरण नपाएपछि तीन वर्षअघि नै उक्त ग्रीनकार्डका लागि आवेदन गरिएको थियो। यो कार्डबाट कम आम्दानी वाला अभिभावकका बच्चालाई निःशुल्क उपचार सुविधा मिल्ने हुँदा उनीहरूले छोरीको स्वास्थ्यलाई प्राथमिकता दिएको उनले बताए। उनले भिसा पाएर अमेरिका जानुपर्दा खुशी नभई दुःखी भएको उल्लेख गर्दै छोरीको उपचार सकिएपछि नेपाल फर्किने प्रतिबद्धता व्यक्त गरे। रंगशाला निर्माणको विवाद र त्यससँग सम्बन्धित आर्थिक दायित्वका कारण नेपालमा बस्न र काम गर्न कठिन भएको पनि उनले बताए।

धुर्मुसले रंगशालासम्बन्धी विवाद समाधान गर्न राज्य जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आफूहरू अमेरिकामा कुनै व्यवसाय नगरेको दाबी गरेका छन्। हाल उनीहरू नर्थ क्यारोलिनामा आफ्ना नातागोताको घरमा बसिरहेका छन्।

तपाईको प्रतिक्रिया