समाचार सुन्नुहोस :
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यता र खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्। बिहीबार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल भइरहँदा उनले यस्तो सुझाव दिएका हुन्।
उनका अनुसार बोर्ड स्वायत्त रुपमा सञ्चालन हुनुपर्छ र अध्यक्षलाई प्रधानमन्त्री वा मन्त्रीका नातेदार जस्ता व्यक्तिलाई राख्ने चलन अन्त्य गर्न आवश्यक छ। उनले हाल खुला प्रतियोगिता भनिए पनि कागज मात्र मिलाएर नाम चयन हुने गरेको कमजोरी उल्लेख गरे। नियुक्तिका लागि करोडौँको डिल हुने अवस्थाको अन्त्य गर्न कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
मन्त्री खरेलले अध्यक्ष खुला प्रतिस्पर्धाबाट ल्याएपछि बोर्डका सदस्य भने समानुपातिक ढंगले मनोनयन गर्न सकिने बताए। अध्यक्षलाई चार वर्ष पूरा काम गर्न पाउने व्यवस्था हुनुपर्ने, तर काम नगरे हटाउन सकिने प्रावधान पनि राखिनुपर्ने उनको सुझाव छ।








