समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतहरूले आज आफ्नो ओहोदाको पत्र (प्रमाणपत्र) पेश गरेका छन्। प्रमाणपत्र बुझाउने कार्यक्रम राष्ट्रपति कार्यालय, शीतलनिवासमा छुट्टाछुट्टै औपचारिक समारोहमार्फत सम्पन्न भएको थियो।
प्रमाणपत्र बुझाउने राजदूतहरूमा—
-
उज्वेकिस्तानका सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ
-
रोमानियाकी सेना लतिफ
-
ताजिकिस्तानका लुक्मोर बोबोकालोन्जोदा
-
आइसल्याण्डका बेनेडिक्ट हेओस्कुल्द्सन
-
क्युवाका हुवान कार्लोस मार्सान अगुइलेरा रहेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटबाट शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।








