Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानी कामदारहरूको अर्थतन्त्रप्रतिको दृष्टिकोणमा सात महिनापछि पहिलो पटक निराशा देखिएको छ । सरकारी तथ्याङ्कका अनुसार विशेषगरी खाद्यान्न र पेय पदार्थको क्षेत्रमा देखिएको नकारात्मक असरका कारण नोभेम्बर महिनामा कामदारहरूको मनोबल खस्किएको हो ।

मन्त्रिपरिषद् कार्यालयले जारी गरेको ‘इकोनोमी वाचर्स सर्भे’का अनुसार गत महिना कामदारहरूको मनोबल सूचक ४८.७ अंकमा सीमित भयो, जुन अक्टोबरको तुलनामा ०.४ अंकले कम हो । यो सूचक ५० भन्दा कम हुनुले अर्थतन्त्रप्रति सकारात्मक भन्दा नकारात्मक दृष्टिकोण राख्ने कामदारहरूको सङ्ख्या बढी रहेको सङ्केत गर्दछ । विभिन्न उद्योग तथा क्षेत्रका २ हजारभन्दा बढी मानिसहरूमा गरिएको यस मासिक सर्वेक्षणमा तीन महिना अघिको तुलनामा हालको आर्थिक अवस्थाबारे राय लिइन्छ ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार यो गिरावटको मुख्य कारण मुद्रास्फीति (महँगी) र इन्फ्लुएन्जाको प्रभाव हो, जसले खाद्यान्न तथा पेय पदार्थसँग सम्बन्धित उद्योगहरूको मागमा कमी ल्याएको छ । सर्वेक्षणका क्रममा पश्चिमी जापानको किन्की क्षेत्रका एक रेस्टुरेन्ट कर्मचारीले भने, ‘बढ्दो महँगीका कारण धेरै ग्राहकहरूले किनमेल गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।’

त्यस्तै, उत्तरपूर्वी जापानका एक होटल कर्मचारीले अनौठो कारणले व्यवसायमा असर परेको बताए । उनले भने, ‘पछिल्लो समय भालुको गतिविधि बढेको भन्ने खबरले धेरै सोधपुछहरू आएका छन् भने केही बुकिङहरू रद्ध समेत भएका छन् ।’

कामदारहरूको मनोबलमा केही गिरावट आए पनि मन्त्रिपरिषद् कार्यालयले केही उद्योगहरूमा व्यावसायिक मनोबलमा सुधार आएको जनाएको छ । साथै, समग्र अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेको आफ्नो पूर्ववत मूल्याङ्कनलाई कार्यालयले कायमै राखेको छ ।

 

तपाईको प्रतिक्रिया