समाचार सुन्नुहोस :
काठमाडौँ – गत चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकको योगदानलाई सम्मान गर्दै उनलाई राज्यस्तरबाट शहीदको दर्जा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्दै रजकको परिवारलाई आवश्यक सम्मान र सहयोग उपलब्ध गराइने बताए।








