Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो – जापान सरकारले सोमबार सार्वजनिक गरेको संशोधित तथ्यांकले देशको अर्थतन्त्र जुलाई-सेप्टेम्बर त्रैमासिकमा प्रारम्भिक अनुमानभन्दा बढी खुम्चिएको देखाएको छ । कर्पोरेट (व्यावसायिक) पुँजीगत लगानीमा आएको सुस्ततालाई यसको प्रमुख कारण मानिएको छ ।

जापानको मन्त्रिपरिषद् कार्यालय (क्याबिनेट अफिस) का अनुसार यस अवधिमा मुद्रास्फीति-समायोजित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक रूपमा २.३ प्रतिशतले संकुचन भएको छ । यसअघि १.८ प्रतिशतले मात्र गिरावट आउने प्रारम्भिक अनुमान गरिएको थियो । त्रैमासिक आधारमा हेर्दा वास्तविक जीडीपी संशोधित रूपमा ०.६ प्रतिशतले घटेको पाइएको छ ।

अर्थतन्त्र ओरालो लाग्नुमा व्यावसायिक लगानीको भूमिका देखिएको छ । सुरुमा १ प्रतिशतले बढ्ने अपेक्षा गरिएको कर्पोरेट पुँजीगत खर्च, संशोधित तथ्यांकमा ०.२ प्रतिशतले ऋणात्मक देखिएको छ । निजी आवास लगानीमा ८.२ प्रतिशतको भारी गिरावट आएको छ, यद्यपि यो प्रारम्भिक अनुमानभन्दा १.२ प्रतिशत विन्दुले सुधारिएको तथ्यांक हो ।

गत अप्रिलमा कडा ऊर्जा-बचत मापदण्डहरू लागू हुनुअघि घर निर्माणमा देखिएको अस्वाभाविक हतारोको प्रतिक्रियास्वरूप अहिले लगानीमा कमी आएको विश्लेषण गरिएको छ । यसैगरी, अमेरिकाले लगाएको करका कारण अटोमोबाइल र अन्य वस्तुहरूको ढुवानी प्रभावित हुँदा निर्यातमा १.२ प्रतिशतले गिरावट आएको छ । यो तथ्यांक भने प्रारम्भिक प्रतिवेदन अनुसार नै यथावत रहेको छ ।\

निराशाजनक तथ्यांकका बीच निजी उपभोगमा भने केही सुधार देखिएको छ । अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगट्ने निजी उपभोग ०.२ प्रतिशतले बढेको छ, जुन अघिल्लो अनुमानभन्दा ०.१ विन्दुले बढी हो । विशेषगरी होटल/रेस्टुरेन्टमा खाना खाने (डाइनिङ-आउट) र ‘फूड डेलिभरी’ सेवाहरूमा खर्च बढेकाले उपभोगमा सुधार देखिएको हो ।

तपाईको प्रतिक्रिया