समाचार सुन्नुहोस :
काठमाडौँ – अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जना व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ। अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो।
आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा करिब ८ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार भएको दाबी गरिएको छ। यस प्रकरणमा पूर्वमन्त्री रामशरण महत, पोष्टबहादुर बोगटी सहित पाँच जना पूर्वमन्त्रीविरुद्ध मुद्दा चलाउने तयारी भएको छ।








