Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)ले आगामी ११‍औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन (EVM) प्रयोग गर्ने भएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेतृत्व छान्ने प्रक्रिया छिटो र पारदर्शी बनाउन यसपटक पनि EVM प्रयोग गर्ने निर्णय गरिएको हो।

एमालेले चितवनमा भएको १०‍औँ महाधिवेशनमा पनि यस्तै मेसिन प्रयोग गरेको थियो। ‘भोटिङ मेसिनका लागि टेण्डर प्रक्रिया सुरू भइसकेको छ।चाँडै कुन कम्पनीले आपूर्ति गर्ने भन्ने निर्णय हुन्छ,’ ज्ञवालीले बताए। यस महाधिवेशनमा १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। दोस्रो विधान महाधिवेशनले केन्द्रीय सदस्य संख्या घटाउने निर्णय गरेपछि यो संरचना तय गरिएको हो।

एमाले महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा आयोजना गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया