Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – कात्तिक २१ गते प्रदर्शन हुने नेपाली चलचित्र **‘जारी : २ – सङ अफ च्याब्रुङ’**को ट्रेलर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर सोमबार सार्वजनिक गरिएको ट्रेलरले श्रीमान्–श्रीमतीबीचको झगडाले उत्पन्न हुने पारिवारिक जटिलतालाई मुख्य विषयका रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमा लिम्बू समुदायको सांस्कृतिक प्रतीक च्याब्रुङ (ढोल)को महत्त्व पनि देखाइएको छ। उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्।

चलचित्रको निर्माण रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले गरेका हुन्। सह–अभिनेतामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु रहेका छन्।

तपाईको प्रतिक्रिया