Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानलाई कर्मथलो बनाउँदै आएका व्यवसायी राहुल शाही ठकुरी र नायिका प्रियङ्का कार्कीद्वारा अभिनित ‘हाँसिदेउ न प्रिय’ म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । 

नेपालीहरुको उत्सवको पर्व दीपावलीको छेको पारेर सार्बजनिक गरिएको उक्त म्युजिक भिडियो RS Entertainment Japan को आधिकारिक युट्युब च्यानलमार्फत विश्वभरका दर्शकहरूमाझ उपलब्ध छ । 

सञ्जुषा शाहीको प्रस्तुतीमा नयाँ रोम्यान्टिक गीत ‘हाँसिदेउ न प्रिय’ गीतले प्रेम, संवेदना र उत्सवको भावनालाई एकसाथ जोड्दै तिहारको माहोलमा नयाँ रौनक भरेको पाईएको छ । 

गीतमा नेपाली संगीतका चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्दहरू प्रसिद्ध गीतकार बीबी थापाले लेखेका हुन् भने संगीत संयोजन बहुमुखी संगीतकार मनोज चौलागाईंले गरेका हुन् । 

भिडियोमा राहुल शाही ठकुरी र प्रियङ्का कार्कीको मनमोहक अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ गहिरो र हृदयस्पर्शी बनाएको छ । भिडियोको निर्देशन नितिन चन्द र नमित चन्द ठकुरीले संयुक्त रूपमा गरेका छन्, जसले कथा र प्रेमको सौन्दर्यलाई दृश्यमा जीवन्त उतारेका छन् । 

शाही जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानका अध्यक्ष पनि हुन् । ‘हाँसिदेउ न प्रिय’ म्युजिक भिडियोमा शाही र नायिका कार्कीको जोडी निकै जमेको देखिन्छ ।
गीत, संगीत, कला, सँस्कृति र अभिनय क्षेत्रमा गहिरो अभिरुची राख्ने शाहीजोडीले यस अगाडि पनि एउटा म्युजिक भिडियो बजारमा ल्याईसकेका छन् । जापानमा लोभलाग्दो व्यवसायसंगै अभिनय यात्रामा पनि अगाडि लम्कदैं गरेका शाहीजोडीको अर्को प्रोजेक्ट पनि छिट्टै आउने दर्शकस्रोताहरुको अपेक्षा रहेको छ ।*** 

 
 

 

 

तपाईको प्रतिक्रिया