Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

राजनीति इतिहासलाई हेर्ने हो भने विगतदेखि नै पार्टीको आन्दोलन र नागरिक विद्रोहहरूले सत्तासीनहरूलाई लखेटिएको भेटिन्छ । तर पछिल्ला वर्षहरूमा कुनै दल वा नेताको निर्देशनमा होइन, युवा चेतनाको विस्फोट भइरहेको थियो । यो आन्दोलनले परम्परागत सत्ता संरचनालाई हल्लाइदियो र पुराना नेताहरूको सुरक्षित गढ सिंहदरबारसम्म युवाहरूको आवाज पुर्‍यायो ।

सबैभन्दा बढी हल्लिएको कुर्सी जो वर्षौं सत्ताको केन्द्र बनेर आफ्नो वरिपरि घुमिरहने राजनीतिलाई सधैं स्थायी र अमर ठान्थे, जसका नायक देखिन्थे- केपी शर्मा ओली । तर समय परिवर्तन, नागरिकहरूको चेतनास्तर, नेताहरूको मनलाग्दी व्यवहार र नागरिकहरूले पाएको दुःखको लहरसँग उनी पहिलो पटक सत्ताबाट पछारिए । त्यही अनुभूति अहिले ओलीको हरेक वक्तव्य, हरेक गतिविधिमा र छट्पटी बनेर देखिँदै छ ।

जेन्जी आन्दोलनको आवाज उठ्दा ओली सत्तामा थिए । सडकमा नारा लाग्दै थियो, हाम्रो भविष्य हामी आफैं लेख्छौं । त्यो आवाज उनीहरूले पहिले कहिल्यै सुनेका थिएनन् र पत्याएनन् पनि । कसैले नेताको नाम चिच्याएर होइन, नेताकै विकल्प खोजिरहेको सत्यता ।

आन्दोलनले सरकार मात्र होइन, ओलीको आत्मविश्वासमा चोट पुर्‍यायो । सत्ताबाट बहिर्गमनपछि उनको बोली झन् कठोर र कटु बन्दै गएको देखिन्छ । कहिले युवाहरूलाई अपरिपक्व ठहराउने, कहिले आन्दोलनलाई विदेशी चलखेल अनि कहिले हा…हूँ बाट बनेको सरकार भनी जेन्जीहरूको त्याग र बलिदानलाई अवमूल्यन गरिरहेका छन् । ती वाक्यहरू वास्तवमा उनको मनभित्रको डर र असहजताको अभिव्यक्ति हुन् ।

सबैभन्दा बढी हल्लिएको कुर्सी जो वर्षौं सत्ताको केन्द्र बनेर आफ्नो वरिपरि घुमिरहने राजनीतिलाई सधैं स्थायी र अमर ठान्थे, जसका नायक देखिन्थे- केपी शर्मा ओली । तर समय परिवर्तन, नागरिकहरूको चेतनास्तर, नेताहरूको मनलाग्दी व्यवहार र नागरिकहरूले पाएको दुःखको लहरसँग उनी पहिलो पटक सत्ताबाट पछारिए । त्यही अनुभूति अहिले ओलीको हरेक वक्तव्य, हरेक गतिविधिमा र छट्पटी बनेर देखिँदै छ ।

जेन्जी आन्दोलन कुनै पार्टी विरोधी मात्र थिएन, यो विचार र अभिव्यक्ति विरोधी राजनीति विरुद्धको युवा चेतको आन्दोलन थियो । युवाहरूले सोध्दै थिए, देश किन पुरानैको हातहरूमा घुमिरहेछ ? किन हरेक परिवर्तन पछि पनि पुरानै अनुहारहरू मात्रै फर्किन्छन् ? किन शिक्षा, श्रम र इमानदारीलाई मूल्य दिइँदैन ? यी प्रश्नहरूको उत्तर पुराना नेताहरूसँग छँदै थिएन र के.पी. ओली जसले आफूलाई मात्र सर्वोपरि नेता मानेका थिए, पहिलो पटक युवा चेतनाको आँधीले तिनैको कुर्सी हल्लायो ।

जेन्जीको सोच थियो, हामी राजनीतिक व्यवस्था बदल्न होइन, साँचो राजनीतिको अर्थ बदल्न चाहन्छौं र यही सोचले ओलीजस्तो पुरानो ढाँचा भत्काउन सुरु गर्‍यो । ओलीको राजनीतिले सधैं सत्ता र स्थायित्वलाई प्राथमिकता दियो । उनका लागि सत्ता भनेको केवल शासन होइन, आफैं नै राष्ट्रको प्रतिनिधि भन्ने विश्वास थियो । तर जेन्जीले त्यो विश्वासको भित्तो फुटाइदिए । सत्ताबाट बहिर्गमनपछि उनी राजनीतिक रूपमा एक्लिँदै गए । न पार्टीभित्र नयाँ पुस्ता उनीसँग रहन चाह्यो, न जनता उनको भाषणमा विश्वास गर्न थाले । अहिले उनी त्यही पुरानो शैलीमा राष्ट्रवाद, षड्यन्त्र र देशभक्तिका नाराहरू फुक्दै छन्, तर त्यो स्वर अब युवाको कानमा घोषणा होइन, घृणा जस्तै सुनिएको देखिन्छ ।

नेपालको राजनीतिमा पहिलो पटक विरोधलाई नागरिक चेतनामा वृद्धि र परिवर्तित दृष्टिकोणको रूपमा बुझ्ने पुस्ता उभिएको छ । यतिबेला यो पुस्ता नेतामा चमत्कार खोज्दैन, साधारण इमानदारी खोज्छ । ओलीको राजनीतिले भने हरेक कुरालाई व्यक्तिगत स्वामित्वजस्तो बनाएर प्रस्तुत गर्‍यो । उनको पार्टी, उनको राष्ट्र, उनको दृष्टि सबैमा ‘म’ को वर्चस्व देखिएको थियो ।

जेन्जीले त्यो ‘म’ लाई ‘हामी’ मा रूपान्तरण गर्न खोजेका मात्र हुन् । ओलीको छटपटाहट केवल सत्ता गुमाएको पीडा होइन, समग्र परिवर्तनको गुमराह हो । जहाँ अब नेता होइन, विचार र राजनीति कर्मको पारदर्शिता नै केन्द्र बन्नु पर्नेछ । ओली अहिले पनि देश दौडाहामा निस्कन्छन्, तर ती भाषणहरूमा अब आत्मविश्वासभन्दा बढी असुरक्षा झल्किन्छ । उनले जेन्जीलाई आरोप लगाउँछन्, तिमीहरू अपरिपक्व हौ, देशको गहिराइ बुझ्दैनौ, तर सत्य यो हो, त्यो पुस्ता नै देशको वर्तमान र भविष्य दुवै हो ।

पुरानो पुस्ता अझै पनि भ्रममा नै छ, हामी बिनाको देश सम्भव छैन । तर नयाँ पुस्ताले जवाफ दिइसकेको छ, देश तिमीहरू बिना नै जोगिने छ । ओली अहिले पनि बोलिरहेका छन्, तर इतिहासले सुन्दै छ कसरी पुरानो शक्ति नयाँ चेतनाको अघि पग्लँदै गएको छ । जेन्जीको आवाज अब केवल आन्दोलन होइन, यो नेपालको नयाँ पहिचान बनोस्, जहाँ नेता होइन, जनताको नेतृत्व होस्, नागरिकको दुःख सुखमा साथ दियोस् ।

राजनीतिक इतिहासमा कहिलेकाहीँ सबैभन्दा शक्तिशाली व्यक्ति पनि समय र नागरिक आवाजसँग हार्छ । ओली अहिले त्यही चरणमा छन्, जहाँ शक्ति बाँकी छ तर प्रभाव हराइसकेको छ । जेन्जी आन्दोलनले नेपाललाई एउटा नयाँ सोच दिएको छ । राजनीति मात्रै सत्ताको खेल होइन, नागरिकको सेवा हो । ओलीको बहिर्गमन र पछिल्लो छट्पटी हाम्रो समाजको एउटा रूपान्तरण हो, जहाँ पुरानो युग बिस्तारै अवसान हुँदै छ र नयाँ चेतनाको सूर्य उदाउँदै छ ।

पुरानो पुस्ता अझै पनि भ्रममा नै छ, हामी बिनाको देश सम्भव छैन । तर नयाँ पुस्ताले जवाफ दिइसकेको छ, देश तिमीहरू बिना नै जोगिने छ । ओली अहिले पनि बोलिरहेका छन्, तर इतिहासले सुन्दै छ कसरी पुरानो शक्ति नयाँ चेतनाको अघि पग्लँदै गएको छ । जेन्जीको आवाज अब केवल आन्दोलन होइन, यो नेपालको नयाँ पहिचान बनोस्, जहाँ नेता होइन, जनताको नेतृत्व होस्, नागरिकको दुःख सुखमा साथ दियोस् ।

अन्त्यमा, कसले जित्यो र कसले हार्‍यो भन्ने कुरा होइन, नेपालले जितोस्, नेपालीले जितून् । यही आन्दोलनका शहीदहरूको सपना साकार बनोस् । फेरि पनि देशका जेन्जीहरू जापानमा पासपोर्ट लिनेहरूको लाइनमा नभेटिऊन्, अमेरिकाको ग्रीन कार्डमा देशको नागरिकता नसाटून्, खाडीमा नभासिऊन् । पुरानाहरूले दम्भ र घमण्ड छोडेर विश्राम लिऊन् । नयाँ र सक्षमहरूले देश हाकून् । हामीहरू सबैलाई परिवर्तनको शुभकामना । जय देश । जय मातृभूमि ।

  • मोहन खतिवडा -टोकियो, जापान

तपाईको प्रतिक्रिया