समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि लोकप्रिय कमेडी कार्यक्रम ‘कमेडी दरबार’ पनि प्रभावित भएको छ। प्राइम टेलिभिजनमार्फत हरेक शुक्रबार प्रसारण हुने यो कार्यक्रम अब युट्युबमा अपलोड गर्न नसकिएको हो।
कार्यक्रमले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सन्देश जारी गर्दै लेखेको छ, “सरकारको निर्णय मान्नैपर्छ, अब युट्युब लगायतका सामाजिक सञ्जालमा कार्यक्रम अपलोड गर्न सकिँदैन।”
सरकारको कदमपछि युट्युबमा सामग्री राख्ने निर्माता र प्रयोगकर्ताहरू मारमा परेका छन्। विशेषगरी ‘कमेडी दरबार’ जस्ता चर्चित कार्यक्रम युट्युबमा नआउँदा दर्शकहरूले असन्तुष्टि जनाइरहेका छन्।








