Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन्। चीन भ्रमणपश्चात प्रधानमन्त्री ओलीले भारतको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

आजको सम्बोधनमा प्रधानमन्त्रीले दुई छिमेकी मुलुकको भ्रमणबारे संसदलाई जानकारी गराउने अपेक्षा गरिएको छ । यसका साथै पछिल्लो समय चर्चामा रहेको लिपुलेक-कालापानी सीमा विवादमा सरकारको आधिकारिक धारणा पनि सार्वजनिक हुने सम्भावना रहेको छ ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने भएका छन् । भिजिट भिसाको दुरुपयोग प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै दुई दलले संसदमा गर्दै आएको अवरोध आज पनि जारी राख्ने जनाएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले प्रधानमन्त्रीलाई बोल्न दिने भन्ने समाचार निराधार रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ। हाम्रो मागको सम्बोधन नभएकाले प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं ।’

त्यस्तै, राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि संसद बहिष्कारको निर्णय यथावत रहेको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय भएको छैन । बहिष्कार जारी रहन्छ ।’

तपाईको प्रतिक्रिया