Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको अभियोगमा थप अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई चार दिनको म्याद थप भएको छ ।

एक महिलाले दिएको उजुरीपछि पाँडे बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका थिए । म्याद थपका लागि जिल्ला अदालत लगेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धानको लागि ४ दिन म्याद थप गरिएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

पाँडे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए । महिलाले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी हुन् ।

तपाईको प्रतिक्रिया