Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – नेपालको भूमि हुँदै भारत प्रवेश गरेका तीन जना पाकिस्तानी आतंकवादीको सूचनाले छिमेकी भारतमा हलचल मच्चिएको छ । जैश-ए-मोहम्मद आतंककारी समूहका सदस्य हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालबाट भारत छिरेको जानकारी सार्वजनिक भएपछि भारतको बिहार राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार यी तीनै जना पाकिस्तानी नागरिक भएको र उनीहरू भारत प्रवेश गरेको सूचनापछि भारतीय प्रहरी मुख्यालयले सम्पूर्ण सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखेको छ । यद्यपि, उनीहरूले नेपाल-भारत सीमाको कुन नाका प्रयोग गरे भन्नेबारे विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन ।

हुलियासहितको सूचना जारी
न्युज-१८ को रिपोर्टअनुसार ती आतंककारीहरूको हुलिया र विस्तृत परिचय विवरण प्रहरीका सबै युनिटहरूमा पठाइएको छ । सुरक्षा अधिकारीहरूलाई विशेष सतर्क रहन निर्देशन दिइएको छ भने स्थानीय बासिन्दालाई कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई खबर गर्न आह्वान गरिएको छ ।

बिहारका सीमावर्ती जिल्लाहरू सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलमा विशेष सतर्कता अपनाइएको छ । यसका साथै गुप्तचर निकायहरूलाई पनि थप सक्रिय बनाइएको छ ।

नेपालको भूमि प्रयोग गरी आतंकवादी भारत प्रवेश गरेको यो पहिलो घटना भने होइन । यसअघि सन् २०२४ मै नेपालमार्ग हुँदै भारत प्रवेश गरेका तीन जना आतंकवादीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया