Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले युवाको उमेर समूहलाई परिमार्जन गर्दै अब १८ देखि ३५ वर्षसम्म मात्र युवा मान्ने निर्णय गरेको छ। हालै स्वीकृत ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार यो व्यवस्था लागू भएको हो। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा युवाको उमेर १६ देखि ४० वर्ष तोकिएको थियो। नयाँ नीतिमा “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखी नेपालमा १८ देखि ३५ वर्षसम्मलाई मात्र युवा मानिने” भनेर उल्लेख गरिएको छ।

२०७८ सालको जनगणना अनुसार १६ देखि ४० वर्ष समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो। अब नयाँ परिभाषा अनुसार युवाको जनसंख्या पुनः गणना गर्न आग्रह गरिएको बस्नेतले बताए। उनका अनुसार बालबालिकासम्बन्धी ऐनले १८ वर्षमाथि मात्र बालक नमान्ने भएकाले, त्यसपछि १८ देखि ३५ वर्षलाई युवा समूहमा राखिएको हो।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार संयुक्त राष्ट्रसंघ र भारतमा भने १५ देखि २४ वर्ष समूहलाई युवा मानिन्छ। बस्नेतले अझै पनि कानुनमा भने ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ अनुसार उमेर सीमा १६ देखि ४० वर्ष नै रहने जानकारी दिए। उनका अनुसार नीति संशोधनसँगै ऐन पनि परिमार्जन गर्नुपर्ने हुन्छ। प्रत्येक पाँच वर्षमा नीति परिमार्जन गर्नुपर्ने भए पनि यसपटक १० वर्षपछि मात्र नयाँ नीति ल्याइएको हो।

तपाईको प्रतिक्रिया