Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानले विदेशी नागरिकहरूका लागि ‘बिजनेस म्यानेजर भिसा’ सम्बन्धी प्रावधानहरू कडा बनाउने भएको छ । भिसा प्रणालीको दुरुपयोग बढेको गुनासोपछि जापानको अध्यागमन सेवा एजेन्सीले यस्तो कदम चालेको हो । नयाँ व्यवस्थाअनुसार अब न्यूनतम पुँजी लगानी ५० लाख येनबाट बढाएर ३ करोड येन (करिब लाख ३ हजार अमेरिकी डलर) पुर्याइएको छ ।

मंगलबार सार्वजनिक गरिएको मन्त्रीस्तरीय अध्यादेशको प्रस्तावित संशोधनमा भिसा आवेदकले आफ्नो कम्पनीमा कम्तीमा एक जना पूर्णकालीन कर्मचारी अनिवार्य रूपमा रोजगारी दिनुपर्ने प्रावधान पनि थपिएको छ । यो नयाँ नियम आगामी अक्टोबर महिनादेखि लागू हुने अपेक्षा गरिएको छ । यसका लागि सेप्टेम्बर २४ सम्म सर्वसाधारणबाट सुझाव संकलन गरिनेछ ।

पछिल्लो समय वास्तविक रूपमा कुनै व्यवसाय सञ्चालन नगरी केवल भिसा प्राप्त गर्ने उद्देश्यले कम्पनी दर्ता गर्ने प्रवृत्ति बढेपछि सरकारले यस्तो कदम चालेको हो । विदेशी नागरिकलाई जापानमा व्यवसाय सुरु गर्न, सञ्चालन गर्न वा व्यवस्थापन गर्न दिइने यो भिसाको दुरुपयोग रोक्न नयाँ प्रावधान ल्याइएको एजेन्सीले जनाएको छ । न्यूनतम लगानीको सीमा बढाउने निर्णय गर्दा अमेरिका र दक्षिण कोरियाजस्ता देशका benzer प्रणालीहरूसँग तुलना गरिएको पनि बताइएको छ ।

नयाँ प्रणालीअनुसार, भिसाका लागि आवेदन दिन अब कम्पनी व्यवस्थापनसँग सम्बन्धित विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता वा कम्तीमा तीन वर्षको कार्य अनुभव हुनुपर्नेछ । साथै, आफ्नो नयाँ व्यापार योजना साना तथा मझौला उद्यम व्यवस्थापन परामर्शदाताको प्रमाणपत्र भएका विशेषज्ञबाट जाँच गराउनुपर्नेछ ।

हालको व्यवस्थाअनुसार, जापानमा व्यवसायका लागि कार्यालय भए, ५० लाख येन पुँजी लगानी गरे वा दुई जना पूर्णकालीन कर्मचारी राखेमा यो भिसा पाउन सकिन्छ, चाहे व्यवसाय सञ्चालनमा आओस् वा नआओस् । सन् २०२४ को अन्त्यसम्ममा यो भिसामा जापानमा बस्ने विदेशीको संख्या ४१,६१५ पुगेको थियो, जुन एक कीर्तिमान हो । राष्ट्रियताका आधारमा सबैभन्दा धेरै चिनियाँ नागरिक (२१,७४०) रहेका छन् भने त्यसपछि नेपाली (२,८३०) र दक्षिण कोरियाली (२,७४१) छन् ।

एजेन्सीका अनुसार, हाल यो भिसामा रहेकामध्ये करिब ४ प्रतिशतले मात्र ३ करोड येनको नयाँ न्यूनतम पुँजीको आवश्यकता पूरा गर्ने देखिन्छ ।यसले गर्दा जापानमा रहेका धेरै विदेशी व्यवसायीको भविष्यमाथि प्रश्न उठेको छ ।

तपाईको प्रतिक्रिया