Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरमा एक अमेरिकी नागरिकलाई क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा अध्यागमन विभागले पक्राउ गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसामा नेपाल बसेका डेनियल एस. कोर्नीलाई नियन्त्रणमा लिइएको हो।

कोर्नीले आफूलाई “येशू ख्रिष्टको सेवक” भन्दै लगनखेल बसपार्क, जावलाखेल र सुनधारामा सार्वजनिक रूपमा धर्म प्रचार गर्दै हिँडेका थिए। त्यसपछि ढकाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको विभागले जनाएको छ।

सन् २०१५ मा पर्यटन भिसामा नेपाल आएका कोर्नीले पछि व्यवसायिक भिसाको लागि आवेदन दिएका थिए। लगानी ल्याउन नसकेपछि उनले अध्ययन भिसा लिएर विश्वभाषा क्याम्पसमा पढाई समेत गरेका थिए। पछिल्लो समय भने उनले ललितपुर–१८ भैंसेपाटीमा नेपालीहरूसँग मिलेर चार तले घर भाडामा लिएर बालगृह सञ्चालन गरिरहेको विभागले जनाएको छ।

उक्त बालगृहमा रहेका करिब २० बालबालिकालाई धर्म प्रचारमा प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ढकालका अनुसार कोर्नीले त्यहाँ मात्र नभई ‘कर्नी पब्लिसिङ हाउस’ समेत सञ्चालन गरेका थिए।

आर्थिक रूपमा कमजोर बालबालिकालाई संकलन गरेर धर्म प्रचार गर्ने गतिविधि भएको भन्दै अहिले विभागले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया