Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – प्रविधिको अत्यधिक प्रयोगले स्वास्थ्य र सामाजिक जीवनमा पारेको नकारात्मक असरप्रति चिन्तित हुँदै मध्य जापानको एक शहरले आफ्ना सबै नागरिकलाई स्मार्टफोन प्रयोगमा सीमा तोक्न एक अध्यादेश ल्याउने तयारी गरेको छ ।

आइची प्रिफेक्चरको टोयोआके शहरले बिहीबार प्रस्तुत गरेको मस्यौदामा काम र विद्यालयबाहेकको समयमा स्मार्टफोनको प्रयोग दिनको दुई घण्टामा सीमित राख्न सिफारिस गरिएको छ । यद्यपि, यो नियम उल्लंघन गर्नेलाई कुनै दण्ड वा जरिवानाको प्रस्ताव भने गरिएको छैन ।

शहरका अनुसार, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उपकरणहरूको प्रयोगमा यस्तो सीमा तोक्ने यो जापानकै पहिलो नगरपालिका कानुन हुने सम्भावना छ । स्थानीय सभाबाट पारित भएमा, यो अध्यादेश अक्टोबर १ देखि लागू हुनेछ । ‘हामी यो अध्यादेशले मानिसहरूलाई आफूले स्मार्टफोन कसरी प्रयोग गर्ने भन्नेबारे सोच्ने अवसर प्रदान गरोस् भन्ने चाहन्छौं,’ एक अधिकारीले भने ।

बालबालिकाले पर्याप्त र राम्रो निद्रा पाऊन् भन्ने सुनिश्चित गर्न अध्यादेशको मस्यौदाले विशेष व्यवस्था गरेको छ । यसले प्राथमिक तहका विद्यार्थीहरूलाई राति ९ बजेपछि र जुनियर हाइस्कुल वा सोभन्दा माथिका विद्यार्थीहरूलाई राति १० बजेपछि स्मार्टफोन प्रयोग नगर्न आग्रह गरेको छ ।

मस्यौदामा स्मार्टफोन, व्यक्तिगत कम्प्युटर र ट्याब्लेटहरू आजको जीवनका आवश्यकता हुन् भन्ने स्वीकार गरिएको छ, तर सामाजिक सञ्जाल र भिडियो स्ट्रिमिङको अत्यधिक प्रयोगले स्वास्थ्य र पारिवारिक जीवनमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ । अध्यादेशको मस्यौदा अनुसार, शहरले इलेक्ट्रोनिक उपकरणहरूको स्वस्थ प्रयोगलाई प्रवर्द्धन गर्न विद्यालय र अभिभावकहरूसँग सहकार्य गर्नेछ ।

 

तपाईको प्रतिक्रिया