Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – पश्चिमी जापानको कोबे शहरमा गत हप्ता एक युवतीको अपार्टमेन्ट भवनमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले आफूले पीडितलाई नचिन्ने बयान दिएका छन्, जसले घटनालाई थप रहस्यमय बनाएको छ ।

अनुसन्धान स्रोतका अनुसार, सुरक्षा क्यामेराको फुटेजले ३५ वर्षीय अभियुक्त मासाशी तानिमोतोले २४ वर्षीया मेगुमी कातायामालाई उनको कार्यालयबाटै पछ्याएर हत्या गरेको देखाएको छ । टोकियोको सिन्जुकु निवासी तानिमोतो आफ्नो कामबाट पाँच दिनको बिदा लिएर अगस्ट १७ मा कोबे आइपुगेका थिए । उनले बुधबार राति कातायामालाई कार्यालयबाट निस्किएदेखि रेल चढेर उनको अपार्टमेन्ट भवनसम्म पिछा गरेका थिए ।

प्रहरी स्रोतका अनुसार, तानिमोतोले कातायामालाई छुरा प्रहार गरेको स्वीकार गरेका छन्, तर पीडित “पूर्ण रूपमा अपरिचित” भएको दाबी गरेका छन् । प्रहरीले उनको वास्तविक उद्देश्यबारे गहिरो अनुसन्धान गरिरहेको छ । बुधबार साँझ करिब ६:३० बजे आफ्नो कार्यस्थलबाट निस्किएपछि पीडित हुलाक कार्यालय र एउटा पसलमा रोकिएकी थिइन् । उनी साँझ करिब ७:२० बजे आफ्नो अपार्टमेन्ट भवनमा पुगेपछि छैटौं तल्लामा जाने क्रममा लिफ्ट (एलिवेटर) भित्र आक्रमणमा परेको प्रहरीको अनुमान छ ।

अपार्टमेन्टमा बाहिरी मानिसलाई प्रवेश गर्न नियन्त्रित प्रणाली (controlled-access) थियो, तर सीसीटीभी फुटेजमा तानिमोतो कातायामाको पछाडिबाट सुटुक्क भित्र पसेको देखिएको छ । कातायामालाई छैटौं तल्लाको लिफ्ट बाहिर छाती र शरीरका अन्य भागमा छुरा प्रहार गरिएको अवस्थामा ढलेको भेटिएको थियो ।

कोबेबाट पूर्वतर्फ जाने बुलेट ट्रेन चढेको सीसीटीभी फुटेजको आधारमा प्रहरीले तानिमोतोलाई पछ्याएको थियो । अन्ततः उनलाई शुक्रबार पश्चिमी टोकियोको पहाडी सहर ओकुतामाबाट हिरासतमा लिइएको थियो । एक जानकार स्रोतका अनुसार, तानिमोतोले सन् २०२२ सम्म कोबेकै एउटा निर्माण कम्पनीमा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया