Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस :  

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार ‘पद छोड्छु’ भन्ने कुरा गर्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संग्रह विमोचन कार्यक्रममा उनले शेरबहादुर देउवा र ओलीबीच आलोपालो प्रधानमन्त्री हुने सम्झौता हप्तैपिच्छे सम्झिरहनु आवश्यक नभएको बताए।

उनले भने, “डर र लोभबाट मुक्त नभइ अघि बढ्न सकिँदैन। कांग्रेस अहिले २०८४ सालको चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ। त्यस्तै, पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भन्ने सोचबाट पनि मुक्त हुनुपर्छ। ओलीजी बारम्बार ‘छोड्छु, छोड्छु’ भन्नुहुन्छ, तर उहाँले साँच्चै छोड्नुहुन्छ कि छैन भन्ने अपेक्षा गर्न आवश्यक छैन।”

थापाले कांग्रेसका कार्यकर्ताहरू आफ्नाभन्दा अरूको बारेमा बढी चिन्ता गर्ने बानीले लामो समयसम्म राजनीतिमा टिके पनि निरन्तरको प्रतिस्पर्धाका कारण अहिले आफ्नै जीवन र परिवारलाई पनि ध्यान दिन नसक्ने अवस्थामा पुगेको बताए।

तपाईको प्रतिक्रिया