Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ९७ हजार २ सय रुपैयाँमा पुगेको छ। यसअघि आइतबार सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको थियो।

सुन घटेसँगै चाँदीको मूल्य भने आज पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २ हजार ३५५ रुपैयाँमा पुगेको छ। आइतबार चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै २ हजार ३५० रुपैयाँमा पुगेको थियो।

स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि यस्तै अवस्था देखिएको छ। मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३६४ डलरमा झरेको छ भने चाँदी प्रतिऔंस ३८.८३ डलरमा पुगेको छ।

तपाईको प्रतिक्रिया